२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकप : अफगानिस्तानले अस्ट्रेलियालाई २९२ रनको लक्ष्य, इब्राइम जद्रानको शतक

images

  • २०८० कात्तिक २१, मंगलबार
  • 1.1K
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : अफगानिस्तानले अस्ट्रेलियालाई २९२ रनको लक्ष्य, इब्राइम जद्रानको शतक

    कात्तिक २१, काठमाडौं : आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल भइरहेको छ। अफगानिस्तानले अस्ट्रेलियासामु  २९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।


    मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियाे।अफगानिस्तानका इब्राइम जद्रानले शतक बनाएका थिए। इब्राइम जद्रान विश्वकपमा शतक हान्ने पहिलो अफगानी ब्याटर बनेका छन्।

    जद्रान १ सय ४३ बलमा १ सय २३ रन बनाएका थिए। यस्तै, रशिद खानले ३५ रन, ओपनर रहमानउल्लाह गुरबाजले २२ रन, रहमात शाह ३० रन, कप्तान हश्मातुल्लाह शाहिदी २६ रन र आजमतुल्लाह ओमरजाई २२ रन बनाएका थिए।

    बलिङमा अस्ट्रेलियाका जाेश हेजलवूडले २ विकेट तथा मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १/१  विकेट लिएका थिए। 

    अस्ट्रेलिया र अफगानिस्तान दुवै टाेलीकाे सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। अस्ट्रेलिया ७ खेलमा १० अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ भने अफगानिस्तान ७ खेलमा ८ अङ्कसहित छैटाैँ स्थानमा छ। भारत र दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ