काठमाडौँ : आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेलमा आयोजक यूएईसँग प्रतिस्पर्धा गर्दैछ। दुबईस्थित आईसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ।
यसअघि दुबै टिमले अमेरिकासँग आफ्नो पहिलो खेल गुमाएका थिए। नेपाल १०६ रनले पराजित भएको थियो भने यूएई अमेरिकासँग ४ विकेटले हारेको थियो। आजको खेलमा दुबै टोली पहिलो जितका खोजीमा रहनेछन्।
ओडिआईमा नेपाल र यूएईबीच अहिलेसम्म १५ पटक भिडन्त भएको छ, जसमा नेपालले ९ खेल जितेको छ भने यूएई ६ खेलमा विजयी भएको छ।
लिग–२ को अंक तालिकामा अमेरिका २२ खेलमा ३२ अंकसहित शीर्ष स्थानमा रहेको छ। स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ। नेपालले १७ खेलमा १२ अंक जोड्दै सातौं स्थान ओगटेको छ भने यूएई १७ खेलमा ६ अंकसहित अन्तिम स्थानमा छ।



