काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई १ सय ३१ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा भएको आजको उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएका थियो। जनकपुरका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५४ रन बनाएका थियो र उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्। मध्यक्रम नचल्दा जनकपुर दबाबमा देखिएको थियो ।
बलिङमा काठमाडौँका मिलन्दाले सर्वाधिक ३ विकेट तथा शाहाब आलम र सन्तोष यादवले समान १/१ विकेट लिएका थिए।



