२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनपीएल उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी, साबिक विजेता पराजित

images

  • २०८२ मंसिर १, सोमबार
  • 506
    SHARES
  • एनपीएल उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी, साबिक विजेता पराजित

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

    काठमाडौंले उक्त लक्ष्य १८ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। काठमाडौं  बेन चार्ल्सवर्थले ४६ रन, आकाश त्रिपाठीले ३९ रन, मिलिन्ड कुमारले १९ रन र जोन सिम्पसनले १३ रनको योगदान गरेका थिए। 

    बलिङमा जनकपुरका लागि किशोर महतो, अनिल साह, ललित राजवंशी, निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले १/१ विकेट लिएका थिए। यस विजयसहित काठमाडौं गोर्खाजले प्रतियोगितामा बलियो सुरुवात गरेको छ।  

    यसअघि त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएका थियो। जनकपुरका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५४ रन बनाएका थियो र  उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्। मध्यक्रम नचल्दा जनकपुर दबाबमा देखिएको थियो । 

    बलिङमा काठमाडौँका मिलन्दाले सर्वाधिक ३ विकेट तथा शाहाब आलम र सन्तोष यादवले समान १/१ विकेट लिएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ