२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनपीएलमा विराटनगरले पोखरालाई दियो २२१ रनको लक्ष्य

images

  • २०८२ मंसिर २, मंगलबार
  • 931
    SHARES
  • एनपीएलमा विराटनगरले पोखरालाई दियो २२१ रनको लक्ष्य

    काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आज भएको दोश्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २ सय २१ रनको लक्ष्य दिएको छ। यो रन एनपिएलकै सर्वाधिक रन स्कोर हो। विराटनगर किंग्सले पोखरा एजेभन्जर्सविरूद्ध २ ब्याटरको अर्धशतक बनाएका  छन्। 

    त्रिवि क्रिकेट मैदानमा भएको दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनाएका थियो। विराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक ७२ तथा मार्टिन गुप्टिलले ६१ रन बनाएका थियो। साथै, शुभम रञ्जनेले ३८ रन, बसिर अहमदले २३ रन र नारायण जोशीले ११ रन बनाएका थिए। 

    बलिङमा पोखराका म्याट टेलरले सर्वाधिक २ विकेट तथा कुशल भुर्तेल, आकाश चन्द र सगर ढकालले समान १/१ विकेट लिएका थिए। यस्तै, आज भएको पहिलो खेलमा कर्णाली याक्समाथि चितवन राइनोजले ४ विकेटको जित हात पारेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ