काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा आज एक खेल हुँदैछन्। खेल आज दिउँसो ४ बजे काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुनेछ ।
काठमाडौँ गोर्खाजको कप्तानी कारण के सी सम्हाल्नेछन् भने सुदूरपश्चिम रोयल्सलाई दीपेन्द्र सिंह ऐरीले नेतृत्व गर्नेछन्। पहिलो खेलमा जनकपुरसँग ५ विकेटले जित हात पारेको काठमाडौँ आज दोस्रो जितको खोजिमा हुनेछ भने सुदूरपश्चिम पहिलो जितको खोजिमा हुनेछ।
हिजो भएको खेलमा चितवनले कर्णालीलाई ४ विकेट तथा विराटनगरले पोखरालाई ५३ रनले पराजित गर्दै दुवै टोलीले पहिलो जित हात पारेका छन्।



