काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आज भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १ सय ४३ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएका थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ६६ रन तथा कुशल मल्लले २१ रन बनाएका थियो। साथै, देव खनालले २१ रन, सैफ जैबले १५ रन र दिपक बोहराले १० रन बनाएका थिए।
बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट तथा अभिषेश गौतम र गुलबदिन नैबले समान २/२ विकेट लिएका थिए।



