काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १ सय ५७ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएका थियो। लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ४९ रन तथा रुबेन ट्रम्पलम्यानले २९ रन बनाएका थियो। साथै, जेजे स्मितले २३ रन र डी'आर्सी सर्टले १९ बनाएका थिए।
बलिङमा कर्णालीका लागि नन्दन यादव सर्वाधिक २ विकेट तथा सोमपाल कामी, गुलसन झा, मार्क वाट, बिपिन शर्मा र युवराज खत्री समान १/१ विकेट लिएका थिए।



