काठमाडौँ : विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा दोस्रो विजयी गरेको छ। काठमाडौँले दिएको १३५रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो र काठमाडौँलाई ५ विकेटले पराजित गर्दै विराटगरले जित निकालेको हो।
काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन, मार्टिन गप्टिलले २५ रन, नरेन भट्टले २४ रन बनाएका थिए। यस्तै, लोकेश बमले १४ रन,बसिर अहमदले १९ रन तथा सन्दीपले अविजित ९ रन बनाएका थिए।
बलिङमा काठमाडौँका शाहब आलमले २ विकेट तथा करण केस, जेरार्ड एरासमस र सन्तोष यादवले समान १/१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले २० ओभर खेल्दा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो। काठमाडौँका लागि आलमले अविजित ४८ रन बनाएका थिए। सन्तोष र आदिलले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए। यस्तै, बेन चार्ल्सवर्थले ३२ रन, सन्तोष यादवले २६ रन र जेरार्ड एरासमसले १० रन बनाएका थिए।
बलिङमा विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट तथा कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले समान १/१ विकेट लिएका थिए।एनपीएल सिजन टु मा सुदूरपश्चिम रोएल्ससँगै विराटनगर किंग्स मात्र अपराजित छ ।



