काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले लगातार तेस्रो जित हात पारेको छ । साविक विजेता जनकपुरको यो लगातार दोस्रो हार हो भने विराटनगरले जनकपुरलाई ९ रनले पराजित गरेको छ ।
विराटनगरले दिएको १३६ रनको लक्ष्य जनकपुरले पूरै २० ओभरमा खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि लफ्टी इतनले ४२ रन बनाएका थिए।
बलिङमा विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चा ४ विकेट तथा सूर्य तामाङले ३ विकेट लिएका थिए।
यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३५ रन जोड्न सक्यो। विराटनगरका लागि शुभन रन्जनेले ३७ रन, लोकेश बमले २८ रन तथा बसिर अहदमले ३६ रन बनाएका थिए।
बलिङमा जनकपुरका रुपेश सिंह र संगित कोरीले २-२ विकेट लिएका थिए।



