२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनपिएलमा सुदूरपश्चिमको ‘ह्याट्रिक’ जित, कप्तान ऐरीको सानदार प्रदर्शन  

images

  • २०८२ मंसिर ८, सोमबार
  • 1.1K
    SHARES
  • एनपिएलमा सुदूरपश्चिमको ‘ह्याट्रिक’ जित, कप्तान ऐरीको सानदार प्रदर्शन  

    काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम रोयल्सले  लगातार तेस्रो जित हात पारेको छ । सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको छ । 

    सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य कर्णालीले ५ बल बाँकी हुदै ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन सर्राफले २७ रन बनाएका थिए। यस्तै, मार्क वाटले १७ रन, सोमपाल कामीले १४ तथा गुलसन झाले १३ रन बनाएका थिए। 

    बलिङमा सुदूरपश्चिमका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए। यस्तै,  हरमित सिंह र अविनाश बोहराके समान २/२ विकेट तथा स्कट कुगेलेइजन र हेमन्त धामीले समान १/१ विकेट  लिएका थिए।

    यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९रन बनाएका थियो। सुदूरपश्चिमका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन बनाएका थियो। साथै, आरिफ शेखले २७ रन, हरमित सिंहले १९ रन, क्रिस लिनले १८ रन तथा विनोद भण्डारीले ११ रन बनाएका थिए।

    बलिङमा कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट तथा नन्दन यादवले २ विकेट लिएका थिए भने बिपिन शर्मा, मार्क वाट र युवराज खत्री समान १/१ विकेट लिएका थिए। यस्तै, आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले लगातार तेस्रो जित हात पारेको छ भने जनकपुर ९ रनले पराजित भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ