२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लुम्बिनीविरुद्ध काठमाडौँको सानदार जित, लुम्बिनी २२ रनले पराजित 

images

  • २०८२ मंसिर ९, मंगलबार
  • 881
    SHARES
  • लुम्बिनीविरुद्ध काठमाडौँको सानदार जित, लुम्बिनी २२ रनले पराजित 

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौँ गोर्खाजले रोमाञ्चक जित निकाल्दै दोस्रो जित निकालेको छ । लुम्बिनीको यो लगातार दोस्रो हार हो भने काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको छ ।  

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौँले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रन  र दिलीप नाथले २५ रन बनाएका थिए।

    बलिङमा काठमाडौँका मिलिन्द कुमार र जेरार्ड एरासमसले २/२ तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान १/१ विकेट लिएका थिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले कप्तान करण केसीले ११ बलमा १ चौका र ४ छक्काको मद्दतमा नटआउट ३४ रन जोडेपछि ८ विकेटको क्षतिमा १५७ रन बनाएका थियो। करणले नटआउट ३४ रन जोड्दा १ चौका र ४ छक्का प्रहार गरेका थिए। 

    बलिङमा लुम्बिनीका ट्रम्पलम्यान, शेर मल्ल, गुल्बादिन नइब र रोहित पौडेलले समान २/२ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ