२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्रिय गौरवको आयोजनाका रुपमा क्रिकेट रङ्गशाला बनाइने

images

  • २०८० कात्तिक २१, मंगलबार
  • 996
    SHARES
  • राष्ट्रिय गौरवको आयोजनाका रुपमा क्रिकेट रङ्गशाला बनाइने

    कात्तिक २१, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सरकारले क्रिकट रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ। 

    नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम आज वितरण गर्दै उहाँले भन्नुभयो, “क्रिकेट रङ्गशालालाई चाँडै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौँ।”

    “सबैभन्दा पहिला तपाईंहरूलाई बधाई छ। तपाईंहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुभएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “दश वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला।”

    नेपाली क्रिकेट टोलीले छनोट चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाली जनता र युवाको लगाव बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो लगावले सरकारलाई पनि उत्प्रेरित गरेको छ। खेलाडीमा अझ बढी हौसला बढाउन, उनीहरूका लागि बढी लगानी गर्न र खेलकुदका अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ।”

    खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउनसक्ने एउटा महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै प्रधानमन्त्रीले त्यसमा पनि क्रिकेटको भूमिका मुख्य रहेको उल्लेख गर्नुुभयो। उहाँले भन्नुभयो, “क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउँदै छौँ, भरतपुर, मुलपानी र कीर्तिपुरको काम पनि शीघ्र अगाडि बढाइन्छ। यसरी मात्र आम नेपाली खेलप्रेमी जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ।”

    केही कानुनी र प्रक्रियागत समस्याका कारण खेलाडीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने भनिएको पुरस्कार वितरणमा ढिलाई भएको स्वीकार गर्दै प्रधानमन्त्रीले आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा सरकार पूर्ण सचेत हुने बताउनुभयो। 

    नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेट खेललाई सरकारले दिएको महत्त्वबाट आफूहरु उत्साहित भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु। सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकाेमा खुसी छौँ।”

    उहाँले कीर्तिपुर क्रिकेट रङ्गशालामा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रक्रिया अगाडि बढाएकोमा सरकारलाई कृतज्ञता ज्ञापन गर्नुभयो। “सरकारको प्रयासप्रति हामी आभारी छौँ। बाँकी काम पनि चाँडै पूरा हुनेमा विश्वस्त छौँ”, कप्तान पौडेलले भन्नुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ