२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकप : म्याक्सवेलको दोहोरो शतकप्रेरित अस्ट्रेलिया सेमिफाइनलमा

images

  • २०८० कात्तिक २२, बुधबार
  • 1.0K
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : म्याक्सवेलको दोहोरो शतकप्रेरित अस्ट्रेलिया सेमिफाइनलमा

    कात्तिक २२, काठमाडौं : फिनिसर ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानलाई ३ विकेटले हराएको छ। जितसँगै अस्ट्रेलिया सेमिफाइनल प्रवेश गरेको छ र हारसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कमजोर बनेको छ।

    अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६.५  ओभर ७ विकेट गुमाएर पूरा गर्‍यो। अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले २०१ रनको दोहोरो शतक खेलेका थिए। ९१-७ को नाजुक स्थितिमा ब्याटिङका लागि आएका म्याक्सवेलले आठौँ विकेटको निम्ति कप्तान प्याट कुमिन्ससँग अविजित २०२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई अप्रत्याशित जित दिलाएका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो।

    बलिङमा अफगानिस्तानका नभिन उल हक, अजम्तुल्लाह ओमरजाई र रासिद खानले २/२ विकेट लिएका थिए।


    त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियो।अफगानिस्तानका इब्राइम जद्रानले शतक बनाएका थिए। इब्राइम जद्रान विश्वकपमा शतक हान्ने पहिलो अफगानी ब्याटर बनेका छन्।

    जद्रान १ सय ४३ बलमा १ सय २३ रन बनाएका थिए। यस्तै, रशिद खानले ३५ रन, ओपनर रहमानउल्लाह गुरबाजले २२ रन, रहमात शाह ३० रन, कप्तान हश्मातुल्लाह शाहिदी २६ रन र आजमतुल्लाह ओमरजाई २२ रन बनाएका थिए।

    बलिङमा अस्ट्रेलियाका जोश हेजलवूडले २ विकेट तथा मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १/१  विकेट लिएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ