२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

images

  • २०८३ साउन ७, बिहीबार
  • 1.4K
    SHARES
  • आईसीसी विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दैछ। नेदरल्यान्ड्समा भइरहेको यो प्रतिस्पर्धा नेपाली समयअनुसार आज दिउँसो २:४५ बजे सुरु हुनेछ।

    यसअघि शृङ्खलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटको हार व्यहोरेको नेपाल आजको खेलमा पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रँदै छ। तालिका अनुसार नेपालले साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग आफ्नो अन्तिम खेल खेल्नेछ।

    शीर्ष चारको होड र नेपालको स्थिति

    विश्वकप ग्लोबल क्वालिफायरमा सिधै छनोट हुनका लागि टोलीहरू अंकतालिकाको शीर्ष चारभित्र पर्नुपर्ने हुन्छ। हालसम्म २९ खेलबाट २४ अंक जोडेको नेपाल राम्रो नेट रनरेटका आधारमा पाँचौँ स्थानमा छ। समान अंक भए पनि नामिबिया छैटौँ स्थानमा छ भने ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ। तालिकाको शीर्ष दुईमा क्रमशः अमेरिका र स्कटल्यान्ड रहेका छन् भने ओमान चौथो स्थानमा छ।

    प्रत्येक टोलीले कुल ३६ खेल खेल्ने यस लिग–२ मा नेपालका अझै ७ खेल बाँकी छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ