२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कप्तानमा सन्दीप लामिछानेको कमब्याक, रोहितलाई खेलाडीको रूपमा मात्र मौका

images

  • २०८३ साउन २५, सोमबार
  • 316
    SHARES
  • कप्तानमा सन्दीप लामिछानेको कमब्याक, रोहितलाई खेलाडीको रूपमा मात्र मौका

    काठमाडौँ :  नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने झण्डै चार वर्षको अन्तरालपछि राष्ट्रिय क्रिकेट टोलीको नेतृत्वमा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले २६ वर्षीय सन्दीपलाई एकदिवसीय (ODI) टिमको कप्तानको जिम्मेवारी सुम्पिएको हो।

    नेदरल्याड्समा हालै सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को श्रृंखलामा नेपाली टोलीको प्रदर्शन खस्किएसँगै र टोली जितविहीन बनेपछि रोहित पौडेलको कप्तानी परिवर्तन गरिएको छ। उक्त खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय मान्यता समेत संकटको घेरामा परेको छ।

    आगामी एसीएस (ACC) मेन्स प्रिमियर कपका लागि घोषणा गरिएको १४ सदस्यीय नेपाली टोलीको कमाण्ड अब सन्दीपले सम्हाल्नेछन्। उक्त प्रतियोगिता आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ