काठमाडौँ : अस्ट्रेलियाको नर्थन टेरिटोरीमा सञ्चालन हुने आगामी 'एनटी टप एन्ड टी–२० सिरिज' का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले आगामी अगस्ट २१ देखि अगस्ट ३० सम्म आयोजना हुने यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो रोजाइका केही प्रमुख खेलाडीहरूलाई विश्राम दिँदै युवा तथा अन्य खेलाडीहरूलाई मौका दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले अनिल कुमार शाहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो जसमा अनिल कुमार शाह(कप्तान), तृतराज दास, मयन यादव, कुशल भुर्तेल, पवन शर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।
प्रतियोगिताको लिग चरण अन्तर्गत नेपालले कुल ६ वटा खेलहरू खेल्नेछ। नेपालको खेल तालिका यस प्रकार रहेको छ:
पहिलो खेल : अगस्ट २१ – नेपाल विरुद्ध एनटी स्ट्राइक्स
दोस्रो खेल : अगस्ट २२ – नेपाल विरुद्ध बंगलादेश हाई–परफर्मेन्स टोली
तेस्रो खेल : अगस्ट २४ – नेपाल विरुद्ध होबार्ट हुरिकेन्स एकेडेमी
चौथो खेल : अगस्ट २६ – नेपाल विरुद्ध एसीटी कोमेट्स
पाँचौं खेल : अगस्ट २७ – नेपाल विरुद्ध किङ्समेन
छैटौं खेल : अगस्ट २९ – नेपाल विरुद्ध भिक्टोरिया



