काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउन्डर वरीयतामा पुनः तेस्रो स्थानमा उक्लिएका छन्। उत्कृष्ट प्रदर्शनका आधारमा उनले वरीयतामा सुधार गर्दै शीर्ष तीनमा स्थान बनाएका हुन्।
आईसीसीले सार्वजनिक गरेको पछिल्लो नयाँ अपडेटअनुसार उनी २ सय ५६ रेटिङ अंकका साथ वरीयताको तेस्रो स्थानमा उक्लिएका हुन्।
दीपेन्द्रभन्दा अगाडि जिम्बाब्वेका सिकन्दर राजा र पाकिस्तानका युवा अलराउन्डर साइम अयुब मात्र छन्।
पुरुष टी-२० अलराउन्डरको शीर्ष ५ वरीयता :
पहिलो स्थान : सिकन्दर राजा (जिम्बावे) – ३२० अंक
दोस्रो स्थान : साइम अयुब (पाकिस्तान) – २७५ अंक
तेस्रो स्थान : दीपेन्द्र सिंह ऐरी (नेपाल) – २५६ अंक
चौथो स्थान : रोस्टन चेज (वेस्ट इन्डिज) – २४९ अंक
पाँचौ स्थान : हार्दिक पाण्ड्या (भारत) – २४४ अंक