२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अस्ट्रेलियाको टप एन्ड सिरिज : आज नेपाल ‘ए' ले एनटी स्ट्राइकसँग खेल्दै

images

  • २०८३ भदौ ५, शुक्रबार
  • 276
    SHARES
  • अस्ट्रेलियाको टप एन्ड सिरिज : आज नेपाल ‘ए' ले एनटी स्ट्राइकसँग खेल्दै

    काठमाडौँ : अस्ट्रेलियाको नर्थन टेरिटोरीमा सुरु भएको टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ ले आज आफ्नो पहिलो खेल खेल्दै छ। नेपाली टोलीले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली एनटी स्ट्राइकको सामना गर्न लागेको हो।

    नेपाली समय अनुसार दिउँसो २:१५ बजेदेखि डार्विनस्थित मैदानमा यो प्रतिस्पर्धा सुरु हुनेछ। यसपटक नेपाली टोलीको कप्तानी अनिल शाहले सम्हालिरहेका छन् भने एनटी स्ट्राइकको नेतृत्व डार्शी शर्टले गर्नेछन्। एनटीको टोलीमा अस्ट्रेलियाका अनुभवी खेलाडी डार्शी शर्टसँगै बिग ब्यास लिगका स्टार खेलाडी जोर्डन सिल्क, टम मेन्जिस, वेस एगर पनि समावेश छन् ।

    नेपालको टोलीमा अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल रहेका छन्।  

    नेपालले प्रतियोगितामा ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। एनटी स्ट्राइक, बंगलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियाविरुद्धको खेलले नेपाली खेलाडीलाई फरक शैली र स्तरका टोलीविरुद्ध आफूलाई परीक्षण गर्ने अवसर दिनेछ ।

    नेपालको खेल तालिका:

    ५ भदौ – एनटी स्ट्राइक विरुद्ध नेपाल
    ६ भदौ – नेपाल विरुद्ध बंगलादेश हाई–परफर्मेन्स
    ८ भदौ – नेपाल विरुद्ध हरिकेन्स
    १० भदौ – नेपाल विरुद्ध एसीटी कमेट्स
    ११ भदौ – नेपाल विरुद्ध किङ्समेन
    १३ भदौ – नेपाल विरुद्ध भिक्टोरिया

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ