काठमाडौँ : न्युजिल्यान्डका अनुभवी अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि पुनः जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन्। जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत नीशमलाई आफ्नो टोलीमा भित्र्याएको औपचारिक घोषणा गरेको हो।
नीशमले जनकपुरबाट दोस्रोपटक एनपीएल खेल्न लागेका हुन्। यसअघि एनपीएलको पहिलो संस्करणमा पनि जनकपुर बोल्ट्सको जर्सीमा मैदान उत्रिएका उनले टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए।
विश्वभरका विभिन्न टी-२० र टी-१० लिगहरूको अनुभव बोकेका ३५ वर्षीय विस्फोटक अलराउन्डर नीशमको आगमनले जनकपुर बोल्ट्सको ब्याटिङ र बलिङ दुवै पक्ष थप मजबुत हुने विश्वास टोलीले लिइएको छ।