२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मलेसियाले नेपाललाई दियो २ सय ३३ रनको लक्ष्य

images

  • २०८३ भदौ ९, मंगलबार
  • 261
    SHARES
  • मलेसियाले नेपाललाई दियो २ सय ३३ रनको लक्ष्य

    काठमाडौँ : एसीसी प्रिमियर कपको पूर्वसन्ध्यामा आयोजित अभ्यास खेलमा मलेसियाले नेपालसामु २ सय ३३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।  टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २३२ रन जोडेको हो। 

    मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले भने सैफुल्लाह मलिकले ४५ रन, साइद अजिजले ४० रन र विरानदीप सिंहले ३९ रनको योगदान दिएका थिए।। 


    नेपालका तर्फबाट कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिएका थिए। त्यस्तै, करण केसीले २ विकेट तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिएका थिए। नेपाल अहिले २३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदानमा उत्रिँदै छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ