२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अभ्यास खेलमा नेपालको सानदार जित, मलेसिया ९ विकेटले पराजित

images

  • २०८३ भदौ ९, मंगलबार
  • 336
    SHARES
  • अभ्यास खेलमा नेपालको सानदार जित, मलेसिया ९ विकेटले पराजित

    काठमाडौँ : एसीसी प्रिमियर कपको पूर्वसन्ध्यामा आयोजित अभ्यास खेलमा मलेसियालाई नेपालले ९ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको २ सय ३३ रनको लक्ष्य दिएको थियो तर वर्षाका कारण नेपालले २८ ओभरमा २ सय २८ रनको लक्ष्य पाएको थियो जुन नेपालले २८ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

    नेपालको लागि ओपनर आसिफ शेखले विष्फोटक पारी खेले। उनले मात्र ८५ बलको सामना गर्दै १२ चौका र १२ छक्काको मद्दतमा १ सय ६१ रनको योगदान दिए भने अर्का ओपनर अर्जुन कुमालले ८२ बलमा ७ चौकासहित ६१ रनमा अविजित रहे। दुवैले पहिलो विकेटका लागि २ सय २० रनको बलियो साझेदारी गरेका थिए।

    यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २३२ रन जोडेको थिए। मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले ६१ रन बनाएका थिए। बलिङ नेपालका कप्तान सन्दीप लामिछानेले ४, करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिएका थिए।

    नेपालले मलेसिया आउनुअघि भारतमा कर्नाटकसँग २ वटा अभ्यास खेल खेलेको थियो भने २ वटै खेलमा नेपाल विजयी भएको थियो । १० टोलीको सहभागिता रहने एसीसी प्रिमियर कप आगामी भदौ १४ गतेदेखि मलेसियामा सुरु हुँदैछ। समूह चरणका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने प्रतियोगिताको फाइनल खेल भदौ २७ गते हुनेछ।

    सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह 'ए ': नेपाल, मलेसिया, साउदी अरब, बहराइन र हङकङ

    समूह 'बी ': यूएई, ओमान, कुवेत, कतार र सिङ्गापुर

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ