२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अलराउन्डर सहान अराच्चिगेले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने

images

  • २०८३ भदौ १०, बुधबार
  • 401
    SHARES
  • अलराउन्डर सहान अराच्चिगेले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को आसन्न सिजनका लागि काठमाडौँ गोर्खाजले श्रीलङ्काका अन्तर्राष्ट्रिय अलराउन्डर सहान अराच्चिगेलाई टोलीमा अनुबन्ध गरेको छ।

    बायाँहाते ब्याटर तथा दायाँहाते अफ-स्पिनर अराच्चिगेले श्रीलङ्काको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। टोलीलाई सन्तुलित र बलियो बनाउन काठमाडौँ गोर्खाजले उनलाई विदेशी खेलाडीका रूपमा भित्र्याएको हो। काठमाडौँ गोर्खाजले यसअघि नै भारतका चर्चित विकेटकिपर तथा ब्याटर केएस भरतलाई टोलीमा अनुबन्ध गरिसकेको छ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) कात्तिक ९ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। आगामी सिजनका लागि विभिन्न टोलीहरूले विदेशी र स्वदेशी उत्कृष्ट खेलाडीहरूलाई अनुबन्ध गर्ने क्रमलाई तीव्र बनाएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ