२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टप एन्ड टी-२०: नेपाल ‘ए’ को लगातार दोस्रो जित, एसिटी ४ विकेटले पराजित

images

  • २०८३ भदौ १०, बुधबार
  • 501
    SHARES
  • टप एन्ड टी-२०: नेपाल ‘ए’ को लगातार दोस्रो जित, एसिटी ४ विकेटले पराजित

    काठमाडौँ : अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ ले लगातार दोस्रो रोमाञ्चक जित दर्ता गरेको छ। आज बुधबार डार्विनस्थित डीएक्ससी एरेना मैदानमा सम्पन्न १८ औँ म्याचमा अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसिटी) कमेट्सलाई ४ विकेटले पराजित गर्दै नेपाल ‘ए’ ले आफ्नो सुखद यात्रा जारी राखेको हो।

    एसिटीले दिएको १ सय ४१ रनको लक्ष्य नेपाल ‘ए’ ले १९.२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४४ रन बनाएर पूरा गर्यो। नेपाल ‘ए’ को जितमा कप्तान कुशल भुर्तेलले कप्तानी पारी खेल्दै सर्वाधिक ६१ रनको योगदान दिए। उनले ४७ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरेका थिए।। मध्यक्रममा पवन सर्राफले २२ बलमा अविजित २९ रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए। यस्तै, ओपनर मयान यादवले २१ रन र लोकेश बमले १२ रन जोडेका थिए।

    बलिङतर्फ नेपालका लागि कप्तान कुशल भुर्तेलले २ ओभरमा ९ रन मात्र खर्चेर ३ विकेट लिएका थिए। यस्तै, युगराज खत्रीले २ विकेट लिए भने पवन सर्राफ, शाहब आलम र बिपिन खत्रीले १-१ विकेट हात पारेका थिए।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एसिटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो। एसिटीका लागि डिलन हन्टरले सर्वाधिक ४४ रन बनाएका थिए। नेपाल 'ए' ले यसअघिको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको थियो। लगातार दोस्रो जितसँगै टोलीले सिरिजको अंकतालिकामा आफ्नो स्थिति बलियो बनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ