२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एसीसी मेन्स प्रिमियर कप: नेपालको पहिलो खेल आज बहराइनसँग

images

  • २०८३ भदौ १५, सोमबार
  • 446
    SHARES
  • एसीसी मेन्स प्रिमियर कप: नेपालको पहिलो खेल आज बहराइनसँग

    काठमाडौँ : मलेसियामा सञ्चालन भइरहेको एसीसी मेन्स प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले आज आफ्नो पहिलो प्रतिस्पर्धा बहराइनसँग गर्दैछ। समूह ‘ए’ मा रहेको नेपाल र बहराइनबीचको यस भिडन्त मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार बिहान ७:१५ बजेबाट सुरु हुनेछ।

    नेपाली टोलीको नेतृत्व यसपटक सन्दीप लामिछानेले गरिरहेका छन्। रोहित पौडेलको स्थानमा कप्तानको जिम्मेवारी पाएका लामिछानेको कप्तानीमा टोलीले सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ। प्रतियोगितामा आफ्नो स्थान बलियो बनाउँदै सेमिफाइनलसम्मको यात्रा सहज पार्नका लागि नेपालका लागि यो उद्घाटन खेल निकै महत्वपूर्ण मानिएको छ।

    तालिका अनुसार नेपालले आफ्नो दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग, तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग र समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ।

    कुल १० टोलीको सहभागिता रहेको यस प्रतियोगिताबाट शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेता टोलीले सन् २०२७ मा हुने प्रतिष्ठित एसिया कपमा सिधै छनोट हुने अवसर प्राप्त गर्नेछ।

    प्रतियोगिताको पहिलो दिन हिजो सम्पन्न खेलहरूमा ओमान र हङकङले विजयी सुरुवात गरिसकेका छन्। ओमानले सिंगापुरलाई १३१ रनको फराकिलो अन्तरले पराजित गर्यो भने हङकङले साउदी अरबमाथि १६ रनको रोमाञ्चक जित दर्ता गर्यो। नेपाल पनि आज बहराइनलाई हराउँदै एसिया कप छनोटको यात्रामा विजयी सुरुवात गर्ने धुनमा छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ