२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एसीसी मेन्स प्रिमियर कप : बहराइनमाथि नेपालको ७ विकेटको सहज जित

images

  • २०८३ भदौ १५, सोमबार
  • 466
    SHARES
  • एसीसी मेन्स प्रिमियर कप : बहराइनमाथि नेपालको ७ विकेटको सहज जित

    काठमाडौँ : मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बहराइनमाथि ७ विकेटको शानदार तथा सहज जित हात पार्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

    मलेसियाको बाङ्गीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभलमा भएको खेलमा नेपालका कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र ब्याटरहरूको सहज प्रदर्शनको मद्दतमा नेपालले बहराइनलाई पराजित गरेको हो।

    उत्कृष्ट बलिङमा बहराइन ८७ रनमै समेटियो

    टस जितेर नेपालका कप्तान सन्दीप लामिछानेले बहराइनलाई पहिले ब्याटिङको निम्तो दिएका थिए। नेपाली बलरहरूको कसिलो र घातक बलिङसामु बहराइनका ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन् र टोली पूरा ५० ओभर खेल्न नपाउँदै ८७ रनमै अलआउट भयो।

    बहराइनका लागि फाइज अहमेदले सर्वाधिक १५ रन बनाए भने मोहम्मद वासीमले १३ रन र अली दवाडले १० रनको योगदान दिए। उनीहरूबाहेक अन्य ब्याटरले दोहोरो अङ्क समेत जोड्न सकेनन्।

    नेपालका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४ मेडन राखेर मात्र १४ रन खर्चिँदै ५ विकेट लिए। त्यस्तै ललित राजवंशीले ३ विकेट र करण केसीले २ विकेट हात पारे।

    ८८ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ३ विकेट गुमाएर सहजै जित दर्ता गर्यो। नेपालका ब्याटरहरूले बिना कुनै हतारो लक्ष्य पूरा गर्दै टोलीलाई प्रिमियर कपमा सुखद सुरुआत दिलाएका छन्।

    डिफेन्डिङ च्याम्पियन नेपाल प्रिमियर कपको उपाधि जितेर लगातार दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्यका साथ मैदान उत्रिएको छ। समूह 'ए' मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा सेप्टेम्बर ३ (भदौ १८) मा आयोजक मलेसियाको सामना गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ