२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

images

  • २०८३ भदौ २५, बिहीबार
  • 271
    SHARES
  • नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

    काठमाडौँ : मलेसियामा जारी एसिसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ। सेमिफाइनलमा जित हात पार्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेसँगै नेपालले इमर्जिङ कपमा आफ्नो स्थान पक्का गरेको हो।

    नेपाली टिम दोस्रोपटक यस प्रतियोगितामा छनोट भएको हो। प्रतियोगिताको प्रावधानअनुसार प्रिमियर कपको फाइनल पुग्ने दुवै टोली र तेस्रो स्थान हासिल गर्ने टोली इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुने व्यवस्था छ।

    खेलको संक्षिप्त विवरण :

    • नेपालको ब्याटिङ : टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५१ रन र बशिर अहमदले ४७ रनको महत्वपूर्ण पारि खेलेका थिए।

    • ओमानको ब्याटिङ : १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपालको उत्कृष्ट बलिङसामु २८.१ ओभरमा ६० रनमै समेटियो। नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट तथा ललित राजवंशी र रोहित पौडेलले २-२ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ