गिलको विष्फोटक शतक गुजरात प्लेअफमा, हैदरावाद बाहिरियो
सत्कार खबर
२०८० जेठ २, मंगलबार
801
SHARES
शुभमन गिलले आईपीएल करियरको पहिलो शतक बनाएका छन् ।
काठमाडौं : इन्डियन प्रिमियर लिगमा साविक विजेता गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । जितसँग गुजरातले एक खेल बाँकी हुँदै प्लेअफको स्थान पक्का गरेको छ । शुभमन गिलले ४८ बलमा १ सय १ रन बनाएर आईपीएल करियरको पहिलो शतक बनाएका छन् ।
१३ खेलबाट १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ र सिधै क्वालिफायर खेल्नेछ । गजरातले अब लिगमा एक खेल बेंगलोरसँग खेल्न बाँकी छ । आठौं हार पछीको हैदरावाद भने लिग चरणबाट बाहिरिने दोस्रो टिम बनेको छ ।
घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । गुजरातका लागि शुभमन गिलले ४८ बलमा १ सय १ रन र साई सुदर्शनले ३६ बलमा ४७ रन जोडेका थियो । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। हैदरावादका लागि भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिएका थियो ।
satkarkhabar
लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाएको थियो । हैदरावादका लागि हेनरिच क्लासेनले ४४ बलमा सर्वाधिक ५४ रन र भुवनेश्वर कुमारले २७ रन जोडेका थियो । यस्तै गुजरातका लागि मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट मोहित शर्माले २८ रन खर्चेर ४ विकेट लिएका थियो ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com