काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय टी–२० (T20I) क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याटर बनेका छन्। ताजा तथ्याङ्क अनुसार उनले ८० टी–२० आई खेलमा २ हजार ३ सय २५ रन जोड्दै शीर्ष स्थान हासिल गरेका हुन्।
यस क्रममा कुशलले १५ अर्धशतक र ३ शतकीय पारी खेलेका छन्। उनी टी–२० आई ढाँचामा नेपालका लागि ३ वटा शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर समेत हुन्। यसैगरी, सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा पूर्वकप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा रहेका छन्। दीपेन्द्रले हालसम्म १ सय टी–२०आई खेल खेल्दै २ हजार २ सय२० रन बनाएका छन्।
मुख्य आकर्षणहरू:
-
कुशल भुर्तेल : ८० खेल मा २,३२५ रन ( ३ शतक र १५ अर्धशतक )
-
दीपेन्द्र सिंह ऐरी : १०० खेलमा २,२२० रन



