मङ्सिर ३, काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज आइतवार भारत र अष्ट्रेलिया खेल्दैछन्। फाइनल खेल आज दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदावादमा शुरु हुँदैछ। भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन्।
८ पटकसम्म फाइनल खेलेको अष्ट्रेलियाले अहिलेसम्म ५ तथा ४ पटक फाइनल खेलेको भारतले २ पटक मात्रै विश्वकप उपाधि जितेको छ। विश्वकपको फाइनलमा सन् २००३ भारत र अष्ट्रेलिया खेलेका थियो जसमा अष्ट्रेलियाले जितेको थियो।
भारत र अष्ट्रेलियाबीच अहिलेसम्म १५० वटा एकदिवसीय खेल भएकोमा अष्ट्रेलियाले ८३ र भारतले जम्मा ५७ वटा जितेको छ। विश्वकपमा भारत र अष्ट्रेलियाबीच १३ पटक खेल भएकोमा ८ पटक अष्ट्रेलियाले र ५ पटक भारते जितेको छ। यो विश्वकपमा भारत अहिलेसम्म अपराजित रहेको छ। अष्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो।



