२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दुई स्थान माथि उक्लँदै नेपाल टी-२० वरियताको १४औँ स्थानमा

images

  • २०८३ असोज ९, शुक्रबार
  • 281
    SHARES
  • दुई स्थान माथि उक्लँदै नेपाल टी-२० वरियताको १४औँ स्थानमा

    काठमाडौँ : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को ठूलो सफलता हात पारेको छ। जारी २०औँ एसियाली खेलकुदअन्तर्गत समूह चरणको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई ५ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी-२० वरियतामा उल्लेखनीय सुधार गरेको हो।

     

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार सार्वजनिक गरेको ताजा वरियता अनुसार नेपाल दुई स्थान माथि उक्लँदै १४औँ स्थानमा पुगेको छ। यसअघि नेपाली टोली वरियताको १६औँ स्थानमा रहेको थियो। नेपालसँगको पराजयपछि अफगानिस्तान भने नवौँ स्थानबाट एक स्थान तल झरेर १०औँ स्थानमा पुगेको छ।

     

    शुक्रबार भएको खेलमा नेपालले बलिङ र ब्याटिङ दुवै क्षेत्रमा उत्कृष्ट र सन्तुलित प्रदर्शन गरेको थियो। बलियो प्रतिद्वन्द्वी अफगानिस्तानविरुद्धको यस ऐतिहासिक जितसँगै नेपालको प्रतियोगिताको क्वार्टरफाइनल पुग्ने सम्भावना निकै बलियो बनेको छ।

     

    नेपालले अब समूह चरणको आफ्नो अन्तिम खेलमा शनिबार आयोजक टोली जापानको सामना गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ