मङ्सिर ३, काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ।
नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेकाे भारत निर्धारित ५० ओभरमा २४० रन बनाउँदा अलआउट भयो। भारतका केएल राहुलले सर्वाधिक ६६ रन, विराट कोहली ५४ रन र कप्तान रोहित शर्माले ४७ रन बनाएका थिए। कुनै पनि भारतिय ब्याटरले राम्रो गर्न सकेनन्।
बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जोश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २-२ विकेट लिएका थिए।



