२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कप्तान गिलको दोहोरो शतक, चौका र छक्काको बर्सात्

images

  • २०८३ असोज १४, बुधबार
  • 231
    SHARES
  • कप्तान गिलको दोहोरो शतक, चौका र छक्काको बर्सात्

    काठमाडौँ : वेस्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय (ओडिआई) खेलमा भारतीय टोलीका कप्तान शुभ्मन गिलले विष्फोटक ब्याटिङ गर्दै उत्कृष्ट दोहोरो शतक प्रहार गरेका छन्।

    गुवाहाटीस्थित बर्सापारा क्रिकेट स्टेडियममा भएको खेलमा ४०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा गिलले उत्कृष्ट इनिङ्स खेलेका हुन्। उनले मात्र १२० बलमा २४ चौका र ७ छक्काको मद्दतले २०२ रनको दोहोरो शतकीय पारी खेले। यसअघि न्युजिल्यान्डविरुद्ध पहिलो दोहोरो शतक बनाएका गिलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो दोस्रो दोहोरो शतक हो।

    वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ४०५ रनको कीर्तिमानी योगफल खडा गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ