२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आइसीसीका १० नयाँ नियम लागू, ब्याटर र फिल्डरलाई कडा प्रावधान

images

  • २०८३ असोज १५, बिहीबार
  • 336
    SHARES
  • आइसीसीका १० नयाँ नियम लागू, ब्याटर र फिल्डरलाई कडा प्रावधान

    काठमाडौँ : आन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) द्वारा क्रिकेटका खेल नियम (Playing Conditions) मा महत्त्वपूर्ण संशोधन गर्दै १० नयाँ नियमहरू लागू गरिएका छन्। खेललाई अझ प्रतिस्पर्धात्मक, पारदर्शी र तीव्र बनाउने उद्देश्यले यी नियमहरू परिमार्जन गरिएका हुन्।

    नयाँ नियमहरू र तिनका मुख्य प्रावधानहरू यस प्रकार छन्।

    १. ब्याटर ढिलो भए ५ रन पेनाल्टी

    समय बर्बाद गर्ने ब्याटरलाई लक्षित गर्दै यो नियम कडा पारिएको छ। ब्याटरले सामना गर्न ढिलाइ गरेमा पहिलो पटक चेतावनी, दोस्रो पटक अन्तिम चेतावनी र तेस्रो पटक वा त्यसपछिका प्रत्येक पटक विपक्षी (फिल्डिङ) टोलीलाई ५ रन पेनाल्टी दिइनेछ।

    २. महिला क्रिकेटमा बलको नयाँ मापदण्ड

    पुरुष, महिला र जुनियर क्रिकेटका लागि बलको तौल र आकारका छुट्टाछुट्टै तीन स्पष्ट मापदण्ड तोकिएको छ। यसअघि महिला र जुनियर क्रिकेटमा एउटै मापदण्डका बल प्रयोग हुने गरेकोमा अब महिला क्रिकेटका लागि छुट्टै र सटीक सीमा निर्धारण गरिएको छ।

    ३. ओभरथ्रोको नियम स्पष्ट

    अब स्टम्पतर्फ बल प्रहार गरेर अतिरिक्त रन रोक्ने वा रनआउट गर्ने प्रयास गर्दा मात्र ओभरथ्रो मानिनेछ। सामान्य फिल्डिङ मिस (मिसफिल्ड) वा सहकर्मी खेलाडीलाई बल पास गर्दाको गल्तीलाई ओभरथ्रो गणना गरिने छैन।

    ४. बल स्थिर (Settled) भएको निर्णयमा सहजता

    खेलको अन्तिम क्षण वा महत्वपूर्ण परिस्थितिमा बल स्थिर भएको मान्न ब्याक-टू-ब्याक बलर वा विकेटकिपरकै हातमा हुनुपर्ने बाध्यता हटाइएको छ। मैदानको परिस्थिति हेरेर म्याच अम्पायरले बल स्थिर भएको निर्णय लिन सक्नेछन्।

    ५. रनआउटमा बलमाथि पूर्ण नियन्त्रण आवश्यक

    फिल्डरले केवल हात वा शरीरले बललाई छोएर स्टम्प ढाल्दैमा रनआउट वा स्टम्पिङ मान्य हुने छैन। रनआउट वा स्टम्पिङका लागि फिल्डरको हातमा बलको पूर्ण नियन्त्रण हुनु अनिवार्य गरिएको छ।

    ६. टेस्टमा पिंक बलको विकल्प

    खराब प्रकाशका कारण टेस्ट क्रिकेटमा खेल रोकिने समस्या कम गर्न दुवै टोलीको पूर्वसहमतिमा दिउँसोको टेस्ट म्याचमा पनि 'पिंक बल' प्रयोग गर्न सकिनेछ। यद्यपि, यो सहमति खेल सुरु हुनुअघि नै भइसकेको हुनुपर्नेछ।

    ७. दिनको अन्तिम ओभर पूरा गर्न सकिने

    टेस्ट म्याचमा दिनको अन्तिम ओभर चलिरहँदा विकेट गिरे पनि, यदि मौसम र परिस्थिति अनुकूल छ भने सो ओभर पूरा गरेर मात्र दिनको खेल समाप्त गरिनेछ। यसले भोलिपल्टको समय बचत गर्ने र खेलको रोमाञ्चकता कायम राख्नेछ।

    ८. टी–२० मा १५ मिनेटको इनिङ ब्रेक

    टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई इनिङ्सको बीचको ब्रेक १५ मिनेटको तोकिएको छ। यदि खेलमा समय गुमेको वा वर्षाले प्रभावित भएको खण्डमा यो ब्रेकलाई न्यूनतम १० मिनेटसम्म घटाउन सकिनेछ।

    ९. ड्रिंक्स ब्रेकमा प्रशिक्षक मैदानमा जान सक्ने

    ओडीआई (ODI) र टी–२० क्रिकेटको ड्रिंक्स ब्रेकका क्रममा टोलीका मुख्य प्रशिक्षक (Head Coach) वा उनले तोकेका प्रतिनिधि रणनीतिक छलफलका लागि मैदान प्रवेश गर्न पाउनेछन्।

    १०. लेग–साइड वाइडमा ब्याटरको चाल हेरिने

    ब्याटरले बलरले बल फाल्नुअघि वा फालिरहँदा गर्ने मुभमेन्ट (स्थान र चाल) लाई ध्यानमा राखेर अम्पायरले वाइडको निर्णय लिनेछन्। ब्याटर अफ-साइडतर्फ सरेको अवस्थामा लेग-साइडको बललाई वाइड निर्धारण गर्दा ब्याटरको सुरुआती स्थितिलाई आधार मानिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ