काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। लिग २ यही अक्टोबर ७ देखि ओमानमा हुँदैछ।सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो।
जसमा सन्दीप लामिछानेसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्।




