२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भारतद्वारा २-१ ले एकदिवसीय श्रृंखला कब्जा, अन्तिम खेलमा वेस्टइन्डिज ५ विकेटले विजयी

images

  • २०८३ असोज १८, आइतबार
  • 276
    SHARES
  • भारतद्वारा २-१ ले एकदिवसीय श्रृंखला कब्जा, अन्तिम खेलमा वेस्टइन्डिज ५ विकेटले विजयी

    काठमाडौँ : वेस्टइन्डिजका शाई होपले अविजित १६२ रन मद्दतले वेस्ट इन्डिजले भारतविरुद्ध तेस्रो एकदिवसीय (ODI) खेलमा ऐतिहासिक जित हात परेको छ भने शृंखलामा वेस्टइन्डिज क्लिन स्वीप हुनबाट पनि जोगिएको छ।

    यस्तै, भारतले दिएको ३ सय ५२ रनको लक्ष्य वेस्टइन्डिजले ४८.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । वेस्टइन्डिजका लागि कप्तान शाई होपले सर्वाधिक अविजित १६२ रन बनाएका थिए भने आमिर जांगुले ६७ रन र किमो पलले ४४ रन बनाएका थिए । बलिङमा भारतका लागि मोहम्मद सिराज, कुलदीप यादव, नमन धिर र गुरनूर बरारले समान १/१ विकेट लिएका थिए। 

    यस अघि, टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले वेष्ट इण्डिजलाई ३ सय ५२ रनको लक्ष्य दिएको छ। भारतका लागि केएल राहुलले शतकीय पारी खेलेका छन्। उनले ८७ बलमा १० चौका र ६ छक्कासहित अविजित १२९ रनको पारी खेलेका हुन्। ओडिआईमा राहुलको यो नवौँ शतक हो। 

    यस्तै, भारतका लागि रोहित शर्माले ९२ रन, रुतुराज गायकवाडले ५५ रन, नमन धीरले ३० रन र अन्सुल कम्बोजले १७ रन बनाएको थिए। बलिङमा वेष्ट इण्डिजका लागि फास्ट बलर ज्याडन सिल्सले १० ओभरमा ६२ रन दिएर सर्वाधिक ३ विकेट लिएका थिए। 

    यसगरी, तीन खेलको शृंखला भारतले २–१ ले जितेको छ जसमा पहिलो खेलमा भारतले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पनि भारत ८ विकेटले विजयी भएको थियो र तेस्रो खेलमा वेस्टइन्डिजले भारतलाई ५ विकेटले पराजित गर्दै श्रृंखलामा क्लिन स्वीप हुनबाट जोगिएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ