२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

क्यानडामाथि ओमानको जितसँगै नेपालको टप फोरमा पुग्ने सम्भावना समाप्त

images

  • २०८३ असोज २३, शुक्रबार
  • 266
    SHARES
  • क्यानडामाथि ओमानको जितसँगै नेपालको टप फोरमा पुग्ने सम्भावना समाप्त

    काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानले क्यानडालाई ४१ रनले पराजित गरेसँगै शीर्ष चारमा पुग्ने नेपालको सम्भावना समाप्त भएको छ। आज भएको खेलमा ओमानले दिएको २६४ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभरमा २२२ रनमै अलआउट भयो। यससँगै ओमानले महत्वपूर्ण दुई अंक जोडेको छ।

    ओमानको जितपछि लिग–२ को अंकतालिकामा उसको २९ खेलबाट ३३ अंक पुगेको छ। नेपालले भने अब बाँकी चारवटै खेल जिते पनि अधिकतम ३२ अंक मात्रै जोड्न सक्नेछ। त्यसैले नेपालका लागि शीर्ष चारमा रहेर विश्वकप छनोटको सम्भावना कायम राख्ने लक्ष्य अब समाप्त भएको छ।

    जारी सिरिजमा नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्ने तालिका छ। शीर्ष चारको दौडबाट बाहिरिएसँगै नेपालका लागि अब शीर्ष ६ मा स्थान सुरक्षित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य लक्ष्य बनेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ