२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वेष्ट इण्डिजलाई भारतले दियो २५० रनको लक्ष्य, सञ्जु सामसनको उत्कृष्ट ब्याटिङ

images

  • २०८३ असोज २३, शुक्रबार
  • 281
    SHARES
  • वेष्ट इण्डिजलाई भारतले दियो २५० रनको लक्ष्य, सञ्जु सामसनको उत्कृष्ट ब्याटिङ

    काठमाडौं : टी–२० सिरिजको दोस्रो खेलमा भारतले वेष्ट इण्डिजसामु २ सय ५० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।  भारतका लागि सञ्जु सामसनले उत्कृष्ट ब्याटिङ गर्दै ४१ बलमा ९ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ८२ रन बनाए।

    यस्तै, तिलक बर्माले अविजित ४४ रन जोड्दा कप्तान श्रेयस अय्यरले ४० रनको योगदान दिए। इशान किशनले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ४३ रन बनाए भने अभिषेक शर्माले १२ बलमा २० रन जोडे।

    भारतीय ब्याटरहरूको आक्रामक प्रदर्शनसँगै वेष्ट इण्डिजले जितका लागि २५० रनको कठिन लक्ष्य पाएको छ। अब भारतीय बलरको सामना गर्दै वेष्ट इण्डिजले लक्ष्य पछ्याउन कस्तो प्रदर्शन गर्छ, त्यो हेर्न बाँकी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ