काठमाडौं : काठमाडौंको महाराजगञ्जस्थित मन्त्र थकालीमा खानामा किरा भेटिएको गुनासो आएपछि गरिएको अनुगमनमा खाना अस्वच्छ (Unhygienic) पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको जाँचका क्रममा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नभएको पाइएपछि रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।
खाद्य पदार्थको गुणस्तर तथा स्वच्छता कायम राख्नुपर्ने दायित्व पूरा नगरेको पाइएपछि विभागले कारबाही गरेको हो।



