२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
यू-१९ विश्वकप क्रिकेट

नेपालले खेल्ने यू-१९ विश्वकप क्रिकेट श्रीलंकाबाट दक्षिण अफ्रिका सर्‍यो

images

  • २०८० मंसिर ५, मंगलबार
  • 751
    SHARES
  • नेपालले खेल्ने यू-१९ विश्वकप क्रिकेट श्रीलंकाबाट दक्षिण अफ्रिका सर्‍यो

    मङ्सिर ५, काठमाडौं : १९ वर्षमुनिको पुरुष विश्वकप क्रिकेट श्रीलङ्कामा नभई दक्षिण अफ्रिकामा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले प्रतियोगिता श्रीलङ्काबाट दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो।

    श्रीलङ्का बोर्डको प्रशासनमा व्यापक सरकारी हस्तक्षेपको कारण आईसीसीले भर्खरै श्रीलङ्का क्रिकेटलाई अस्थायीरूपमा निलम्बन गरेपछि विश्वकप हुने स्थान पनि सरेको हो।

    श्रीलङ्का क्रिकेट बोर्ड र खेलकुदमन्त्री रोशन रणसिङ्घेबीच विगत एक वर्षदेखि विवाद छ। रणसिङ्घेले क्रिकेट बोर्डमा भ्रष्टाचार र अव्यवस्थाको आरोप लगाएका छन् भने क्रिकेट बोर्डले यसलाई अनावश्यक हस्तक्षेप गरेको बताउँदै आएको छ।

    १९ वर्षमुनिको विश्वकप आउँदो जनवरी र फेब्रुअरीमा हुँदैछ। नेपालले पनि यो विश्वकपमा स्थान बनाएको छ। नेपालले पहिले खेल जनवरीको १३ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ। नेपाल रहेको समूह डी मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ