२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

घरेलु मैदानमा यमनसँग नेपाल २ गोलले पराजित

images

  • २०८० मंसिर ५, मंगलबार
  • 741
    SHARES
  • घरेलु मैदानमा यमनसँग नेपाल २ गोलले पराजित

    मङ्सिर ५, काठमाडौं :  फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। विश्वकप छनोटअन्तर्गतकाे दाेस्राे खेलमा यमनसँग नेपाल २-० गोलले पराजित भएको छ।


    दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो। खेलको ७३ औँ मिनेटमा यमनले अग्रता लिएको थियो। त्यस्तै, अन्तिम समयमा यमनले थप एक गाेल थपेको थियो। यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरेका थिए।

    १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन। दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो। दुई खेलपछि नेपाल समूह एचमा अंकविहीन छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ