मङ्सिर १५, काठमाडौं :आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ। नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०का अनुसार यस संस्करणको खेलमा विभिन्न ८ राष्ट्र सहभागी हुनेछन्। जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, ओमान र अमेरिका छन्।
लिग सन् २०२७ सम्म सञ्चालन हुनेछ। यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो।



