२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

‘ए’ डिभिजन लिग फुटबलमा आज न्युरोड टिम र जावलाखेल भिड्दै

images

सत्कार खबर
  • २०८० जेठ ४, बिहीबार
  • 786
    SHARES
  • ‘ए’ डिभिजन लिग फुटबलमा आज न्युरोड टिम र जावलाखेल भिड्दै

    काठमाडौं : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार १९ औं चरणका तीन खेल हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लब भिड्ने भएको हो ।

    फ्रेन्ड्स र मछिन्द्रबीचको खेल बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ । सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ । बिहीबार साँझ ६ बजे नै दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी)ले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

    लिगमा १८ चरणको समाप्तीमा ३३ अंकसहित चर्च ब्वाइज शिर्ष स्थानमा रहँदा ३१ अंकसहित जावलाखेल युथ क्लब दोस्रो स्थानमा छ भने तेस्रो स्थानको मच्छिन्द्र ३० अंकमा रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ