काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको सानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ।
जितपछी बैंग्लोर १३ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा उक्लेको छ भने प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।
बिहीबार रातिको खेलमा कोहलीले आईपीएलमा सर्वाधिक छैटौं शतक प्रहार गर्ने क्रिस गेलको कीर्तिमानी बराबरी गर्दा रोयल च्यालेन्जर्स बैंग्लोरले सानदार जित निकालेको हो। राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ रोजेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो। हैदरावादका लागि हेनरिक क्लासेनले शतक प्रहार गरेका थिए।
सनराइजर्स हैदरावादले दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । बैंग्लोरको जितमा कोहली र फाफ डु प्लेसीले १७२ रनको साझेदारी गरेका थिए। कोहलीले ६३ बलमा १२ चौका र ४ छक्का मद्दतमा शतक बनाए भने फाफ डुप्लेसीले ४७ बलमा ७चौका र २ छक्का मद्दतमा ७१ रन योगदान गरेका थिए ।
अब आईपीएलमा सबै टिमले १/१ खेल खेल्न बाँकी छ।



