काठमाडौँ : एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले हार बेहोरेको छ। शुक्रबार युएईको दुबईमा भएको खेलमा पाकिस्तानसँग नेपालले ७ विकेटको हार बेहोर्यो।
नेपालले दिएको १५३ लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। पाकिस्तानका लागि कप्तान शाद बाइग र अजन अवाइसले अर्धशतक प्राहर गरेका थिए। पाकिस्तानको जितमा आजन आविस अविजित ६२ बलमा ५६ रन तथा कप्तान साद बेग ५६ बलमा ५० रनमा आउट भएका थिए। मोहम्मद जिशान ८ बलमा २० रन बनाएका थिए।
बलिङमा नेपालका लागि गुलशन झाले ८ ओभरमा १ मेडनसहित ५४ रन खर्चेर २ विकेट तथा आकाश त्रिपाठीले १ विकेट लिएका थिए। टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रनको योगफल बनायो।
नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरेका थिए। उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रनको योगदान दिएका थिए। त्यसैगरी दीपेश कँडेलले ३१ रन बनाएका थिए। उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरेका थिए। कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएका थिए।
बलिङमा पाकिस्तानका मोहम्मद जिशानले ६ विकेट लिएका थिए। साथै,अमिर हसनले २ तथा उबेद शाह र अली असफन्दले समान १/१ विकेट लिएका थिए।



