२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दिल्लीलाई ७७ रनले पराजित : प्लेअफमा चेन्नई

images

सत्कार खबर
  • २०८० जेठ ६, शनिबार
  • 1.1K
    SHARES
  • दिल्लीलाई ७७ रनले पराजित : प्लेअफमा चेन्नई

    काठमाडौं  : इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गरेको छ । जितसँग चेन्नईले  प्लेअफको स्थान पक्का गरेको छ ।

    अरुण जैत्लेरी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २२३ रन बनाएको थियो । चेन्नईका लागि ऋतुराज गायकवाड र देवेन कोनवेबीच शतकीय  सुरुवात गराएका थिए। चेन्नईका लागि ओपनर ऋतुराज गायकवाडले ५० बलमा ७९ रन र देवेन कोनवेले  ५० बलमा सर्वाधिक ८७ रनको  बनाएका थिए । यस्तै  शिवम दुबेले ९ बलमा २२ रन बनाए र  जडेजाले ७ बलमा २० रनको बनाएका थिए । बलिङमा दिल्लीका खलील अहमेदले  र एनरिच नोर्कियाले १/१ विकेट लिएका थिए।

    चेन्नईले दिएको २२४ रनको लक्ष्य दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर मात्र १४६ रन बनाएको थियो। दिल्लीका लागि कप्तान वर्नेरले ५८ बलमा सर्वाधिक ८७ रनको  बनाएका थिए तर कुनै पनि ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । बलिङमा चेन्नईका दिपक चाहरले ३ विकेट र मथिशा पाथिरानाले २ विकेट लिएका थिए।

    जितसँगै १४ खेलबाट १७ अंक जोडेको चन्नई दोस्रो स्थानमा छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ