२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल विश्वको ११०औं भ्रष्ट देश, चीन–भारतमा भन्दा बढी भ्रष्टाचार

images

सत्कार खबर
  • २०७९ माघ १७, मंगलबार
  • 1.1K
    SHARES
  • नेपाल विश्वको ११०औं भ्रष्ट देश, चीन–भारतमा भन्दा बढी भ्रष्टाचार

    भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई)मा नेपाल विश्वमा भ्रष्टाचार बढी हुने ११०औं देश बनेको छ। छिमेकीद्वय चीन र भारत मात्रै होइन, भुटान, माल्दिभ्स र श्रीलङ्काको तुलनामा नेपालको अवस्था निकै खराब देखिन्छ ।

    ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले माघ १७ गते सार्वजनिक गरेको रिपोर्ट अनुसार, नेपालले १०० मा ३४ अङ्क प्राप्त गरेको छ। ९० अङ्क प्राप्त गरेको डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेको छ। गत वर्ष नेपाल ३३ अङ्क सहित ११७औं स्थानमा थियो ।
    सन् २०२२ मा विश्व ब्यांक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणका आधारमा सीपीआई सार्वजनिक गरिएको टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले जानकारी दिइन् ।
    दक्षिणएशियाली देशमा नेपाल पाँचौं बढी भ्रष्टाचार हुने देश बनेको छ । ४५ अङ्क प्राप्त गरेको उत्तरी छिमेकी चीन ६५औं स्थानमा छ ।

    दक्षिणएशियाली देशकाे अवस्था -
    भुटान (६८ अङ्क) २५औं
    माल्दिभ्स (४० अङ्क) ८५औं
    भारत (४० अङ्क) ८५औं 
    श्रीलङ्का (३६ अङ्क) १०१औं
    नेपालले (३४ अङ्क) ११०औं 
    पाकिस्तान (२७ अङ्क) १४०औं
    बाङ्लादेश (२५ अङ्क) १४७औं
    अफगानिस्तान (२४ अङ्क) १५०औं

    https://images.transparencycdn.org/images/CPI2022_Mapindex_EN.pdf

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ