२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
एसिसी यू–१९ एसिया कप

यू-१९ एसिया कपमा आज अफगानिस्तानसँग खेल्दै नेपाल,अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा

images

  • २०८० मंसिर २४, आइतबार
  • 921
    SHARES
  • यू-१९ एसिया कपमा आज अफगानिस्तानसँग खेल्दै नेपाल,अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा

    काठमाडौं  : एसिसी यू–१९ एसिया कपमा आज नेपालले  अफगानिस्तानसँग खेल्दैछ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा बिहान सवा ११ बजे नेपाल र अफगानिस्तानबीचको खेल सुरू हुनेछ। नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ। आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ।

    नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो। दुबै टोली पहिलो जितको सोचमा हुनेछन्। सेमिफाइनल सम्भावना जिवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने दबाव छ।

    नेपाल र अफगानिस्तान यू-१९ को पछिल्लो पाँच भेटमा पाँचै पटक अफगानिस्तान विजयी भएको छ। आजै हुने समूह ‘ए’को अर्को खेलमा भारत र पाकिस्तान भिड्दै छन्। यी २ टोलीलाई पनि सेमिफाइनलमा स्थान सुरक्षित बनाउन आजको खेल जित्नुपर्ने दबाव छ।

    ८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’मा छन्। दुई समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जितेका २ टिमले पुस १ गते एसिसी यू-१९ एसिया कपको उपाधिका लागि खेल्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ