२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

images

सत्कार खबर
  • २०८० जेठ ८, सोमबार
  • 1.7K
    SHARES
  • विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

    काठमाडौं : आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो ।


    टिममा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल,  कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् । 

    cricket player list.png

    जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने छनोट प्रतियोगितामा घरेलु टोलीसहित वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र युएईले प्रतिस्पर्धा गर्नेछन् ।

    सहभागी १० टोलीलाई दुई समूहमा विधाजन गरिनेछ र लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ