२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चितवनमा शुरु भयो जात व्यवस्था उन्मुलन मोर्चाको राष्ट्रिय भेला

images

सत्कार खबर
  • २०८० जेठ ११, बिहीबार
  • 1.4K
    SHARES
  • चितवनमा शुरु भयो जात व्यवस्था उन्मुलन मोर्चाको राष्ट्रिय भेला

    काठमाडौं : जात व्यवस्था उन्मूलन मोर्चा नेपालले दोश्रो राष्ट्रिय भेला चितवनमा भव्य रुपमा उद्घाटन गरेको छ । जात व्यवस्था उन्मूलन मोर्चाको केन्द्रीय सचिवालय सदस्य दिपनाराण दासको संयोजकत्वमा उक्त भेलाको उद्घाटन भएको हो ।

    348356257_259940026607599_8868062204898736730_n.jpg
    undefined

    कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति)ले दलित र महिला क्रान्तिका निम्ति अगाडि नआए क्रान्ति नै नहुने दाबी पेस गर्नु भयो ।  क्रान्ति पुरा गर्न महिला र दलित अग्र पंक्तिमा आई नयाँ व्यवस्थाको जिम्मा लिन आँट गर्नु र्ने उहाँले बताउनु भयो ।

    उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य एवं मोर्चाका संयोजक राजकुमार हिङमाङ,पार्टीका सचिवालय सदस्य एवं वैज्ञानिक समाजवादी महिला संगठनका संयोजक धनकुमारी सुनार , लेखक सञ्जीव उप्रेतीले शुभकामना मनतव्य राख्नु भएको थियो । त्यस्तै जनवादी गायक जीवन शर्माले सीमली छाँयामा गीत गाएर उपस्थित जनसागरलाई उत्साहित पार्नुभयो ।

    348356381_1204034496952659_5512256826106061712_n.jpg
    undefined

    कवि भूपिनर सरीता तिवारीले कविता वाचन गर्नु भयो ।हजारौंको संख्यामा उपस्थित जात व्यवस्था विरोधी जनासागरलाई सही विचार छान,नेतृत्व गर्ने आँट गर र आफ्नो व्यवस्था आफैं बनाउ भन्ने मुल नाराका साथ सुरु भएको भेला २०८०जेठ १२ गते सम्म चितवनमा चल्ने छ।

    348356455_1314223546140757_7145356164041780990_n.jpg
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ